सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को जुलाईदेखि सेप्टेम्बरसम्म नेपालबाट प्रेषित २८ लाख भिडिओ मापदण्डविपरीत भएको भन्दै हटाएको छ । बीबीसीका अनुसार हटाइएका भिडिओमध्ये ९९.७ प्रतिशत ‘प्रोएक्टिभ रिमुभल’ मार्फत र ९८ प्रतिशत २४ घण्टाभित्र हटाइएका थिए ।
टिकटकले संवेदनशील, वयस्क सामग्री, गोपनीयता उल्लङ्घन, सुरक्षा वा शिष्टता विपरीत, मानसिक वा व्यवहारगत स्वास्थ्य हानिकारक, मिथ्या सूचना र एआई–सिर्जित सामग्री रहेका भिडिओहरू हटाउने गरेको छ ।
सन् २०२५ को दोस्रो त्रैमासिकमा नेपालमा हटाइएका भिडिओको संख्या पहिलो त्रैमासिकको तुलनामा करिब ३२ प्रतिशत बढी देखिएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका अनुसार अधिकांश हटाइएका भिडिओ ‘अटोमेटेड डिटेक्शन सिस्टम’ मार्फत पहिचान गरी हटाइएका हुन् ।







Discussion about this post