पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार अनिल रङ्गटा प्रति मतदातामा असन्तुष्टि बढिरहेको छ। उद्योगी समेत रहेका रङ्गटालाई स्थानीय मतदाताले आफ्नो उद्योगमार्फत कति जनालाई रोजगारी दिएको भन्ने विषयमा प्रश्न उठाउन थालेका छन्।
स्थानीयका अनुसार रङ्गटा चुनावी भाषणमा क्षेत्रको विकास र रोजगारी सिर्जनाका प्रतिवद्धता जनाउने गरेका भए पनि व्यवहारमा त्यस्तो प्रभाव देखिनु नगरेको गुनासो छ। मतदाताहरूले सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा प्रश्न गर्दै आएका छन् कि उम्मेदवारले उद्योगबाट स्थानीय रोजगारीमा कति योगदान गरेका छन्।
राजनीतिक विश्लेषकहरूले मतदाताको यो असन्तुष्टिलाई गम्भीर चेतावनीको रूपमा लिने सुझाव दिएका छन्। उनका अनुसार, केवल भाषण र आश्वासनले मतदाता प्रभावित हुने अवस्था छैन, कार्यदक्षता र वास्तविक योगदान देखाउनु पर्ने दबाब उम्मेदवारमाथि छ।
उक्त क्षेत्रमा युवा र बेरोजगार मतदाताले प्रभावकारी रोजगार सिर्जना र पारदर्शिता खोजिरहेका छन्। यसले अनिल रङ्गटाको चुनावी अभियानलाई चुनौतीपूर्ण बनाएको छ।







Discussion about this post