पर्साको वीरगन्ज महानगरपालिका निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वडा नम्बर १५ लक्ष्मणवा टोलमा १०० भन्दा बढी स्थानीय युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
स्थानीयस्तरमा आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले नवप्रवेशी युवाहरूलाई अबिर टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै उम्मेदवार पन्तले युवाको सक्रिय सहभागिताले वैकल्पिक राजनीति बलियो बन्दै गएको उल्लेख गर्दै पारदर्शिता, सुशासन र जनमुखी राजनीतिक अभ्यास रास्वपाको प्राथमिकता रहेको बताए।
स्थानीय युवाहरूले पुराना राजनीतिक प्रवृत्तिभन्दा फरक सोच र जवाफदेही नेतृत्वको अपेक्षासहित रास्वपामा समावेश भएको प्रतिक्रिया दिएका छन्।
लक्ष्मणवामा भएको यो प्रवेशले पर्सा–१ मा रास्वपाको संगठन थप मजबुत बनेको नेताहरूले बताएका छन्।












Discussion about this post