रिजालसंग मतदाता असन्तुष्ट : मन्त्रि भएर पनि केहि नगरेको क्षेत्रबासीको गुनासो

पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।

दशकौंदेखि राजनीति गर्दै पटक–पटक सांसद र मन्त्री बनेका रिजाल आफ्नो क्षेत्रमा अपेक्षित विकास र सेवा पुर्‍याउन असफल भएको भन्दै स्थानीय मतदातामा असन्तोष देखिएको छ।

कार्यक्रममा रिजालले कांग्रेसको नीति, कार्यक्रम र विकास एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरेका थिए। तर स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक र रोजगारी जस्ता आधारभूत सुविधामा सुधार नआएको गुनासा गरेका छन्। एक मतदाताले भने, “धेरै पटक जितेर मन्त्री भइसके, तर हाम्रो गाउँको अवस्था उस्तै छ, यसपालि हामी रुष्ट छौं।”

स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहँदा पनि मतदाता असन्तुष्ट देखिएकोले चुनावी दबाव र चुनौती आगामी निर्वाचनमा रिजालका लागि बढ्ने अनुमान गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित