मधेशी जनताको भावना भजाई सत्ताको स्वार्थ पुरा गरेका मेयर सिंह र तेली एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली मंगलबार नेकपा एमाले मा प्रवेश गरेका छन्।

उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पार्टीमा स्वागत गरेका छन । पर्सा- १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवसँग निकटताका कारण उनीहरू एमालेमा समाहित भएका हुन् ।

सत्ता स्वार्थ पूर्तिका लागी पूर्वमन्त्री यादवसँगै उनिहुले पनि पहिला मधेशवादी दल जसपा नेपाल फुटाएर जसपा गठन गरेका थिए तर पछी स्वार्थ पूर्तिकै लागी जसपालाई पनि छोडेर एमाले रोजेका छन ।

उनीहरुले अघिल्लो निर्वाचनमा मधेशी जनताको मत पाउनको लागी नेकपा एमालेका खुलेर बिरोध गरेका थिए । कहिले मधेशी सहिदको नाउँमा भोट मागे त कहिले मधेशी जनतालाई झुटो आश्वासन बादर उनीहरुको मत पाए । चुनाव जितेर सत्ता स्वार्थ पुरा गरे, र पछि सत्ता संरक्षणका लागि एमाले प्रवेश गरेका हुन् ।

राजनीतिक विश्लेषकका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा यदि एमालेले उनीहरूलाई टिकट नदिए, उनीहरूको पार्टी छाड्ने सम्भावना उच्च छ, जसले मधेशी जनता र आन्दोलनको मूल्यहीनता देखाउने काम गर्नेछ ।

पूर्वमन्त्री यादवले माघ ५ मा एमाले प्रवेश गरेपछि नगरप्रमुख सिंह पनि त्यहाँ उपस्थित थिए, जसले उनीहरूको स्वार्थसिद्धिको स्पष्ट संकेत दिएको छ । यो घटनाले मधेशी राजनीतिमा व्यक्तिगत स्वार्थ र अस्थिरता बढ्दै गएको आलोचनात्मक बहसलाई थप बल पुर्यािएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित