चुनावसँगै बदलिने राजनीतिक पहिचान : फेरि पार्टी फेरे मुकेश द्विवेदी

चुनाव नजिकिँदै जाँदा पार्टी परिवर्तन गर्ने प्रवृत्तिका कारण चर्चामा रहने मुकेश द्विवेदीले यसपटक पनि आफ्नो राजनीतिक बाटो मोडेका छन्। यसअघि जनता समाजवादी पार्टीमा रहेका उनी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पुनः अर्को दलमा सक्रिय भएका हुन्।

ठाकुरराम बहुमुखी क्याम्पसको नेविसंघबाट राजनीति सुरु गरेका द्विवेदीले समयक्रममा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय मधेश समाजवादी पार्टी, जनमत पार्टी हुँदै नेकपा एमालेसम्मको यात्रा तय गरिसकेका छन्। पर्साका जानकारहरूका अनुसार उनले प्रायः सबै ठूला–साना दलको राजनीतिक अनुभव बटुलिसकेका छन्।

स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पक्षमा खटिएका द्विवेदी नतिजा आएलगत्तै नेतृत्वसँग असन्तुष्ट हुँदै पार्टीबाट बाहिरिएका थिए। त्यसपछि जनमत पार्टी प्रवेश गरेका उनी पुनः जसपामा फर्किए पनि त्यो बसाइ लामो टिकेन।

प्रदीप यादव एमाले प्रवेश गरेसँगै द्विवेदी पनि सोही दलमा देखिएका छन्। पर्सा क्षेत्र नं. २ मा एमाले उम्मेदवारको पक्षमा उनले गरेको सक्रियता र पछिल्लो समय दिएको भाषण सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पार्टी–परिवर्तनको विषय फेरि बहसको केन्द्रमा आएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित