जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति र निर्णयविपरीत गतिविधि गरेको आरोपमा पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको कारण उनीहरूलाई कारबाही गरिएको जसपा नेपालले जनाएको छ।
निष्कासित हुनेमा चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवलकिशोर सिंह र डा. शिवजी यादव रहेका छन्।







Discussion about this post