वीरगंजको मितेरीपुल क्षेत्रमा नवनिर्मित सीमा सुरक्षा पोष्ट

औपचारिक रूपमा सञ्चालनमा आएको छ। वीरगंज महानगरपालिकाको सहयोगमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं.–१३ गणको सहकार्यमा मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रमअन्तर्गत उक्त पोष्ट निर्माण गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राजेशमान सिंहले अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा आधुनिक सुरक्षा पोष्ट निर्माणले सुरक्षा व्यवस्थापन सुदृढ हुने, अवाञ्छित गतिविधि नियन्त्रण र आवागमन व्यवस्थित गर्न सहयोग पुग्ने बताए।

सशस्त्र प्रहरी बल नं.–१३ गणका उपरीक्षक पुरण चन्द भट्टले सीमामा शान्ति र सुरक्षा कायम राख्न सशस्त्र प्रहरी निरन्तर सक्रिय रहेको उल्लेख गर्दै स्थानीय तहसँगको सहकार्यले सुरक्षा थप प्रभावकारी हुने बताए।

उद्घाटन कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता रहेको थियो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दहाल, जिल्ला प्रहरी प्रमुख एसपी सुदिप राज पाठक, ट्राफिक प्रहरी प्रमुख युवराज कटवाल र वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदीलगायतले सहभागिता जनाएका थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित