प्रतिबन्धित गाँजासहित पर्सामा एकजना पक्राउ

पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, विशालचोकस्थित एक घरबाट प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठोरीले सुरेश श्रेष्ठको घरमा छापा मार्दा लुकाइ राखिएको ५५ केजी गाँजा बरामद भएको हो।

पक्राउ परेका श्रेष्ठलाई लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले पत्रकार सम्मेलनमार्फत बरामद गाँजा र पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले छापामारी स्थानीयवासीको सूचनाको आधारमा गरिएको र अनुसन्धान कार्य जारी रहेको समेत जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित