हरपतगंज युथ किंग्सलाई पराजित गर्दै टेढा टाइगर फाइनलमा प्रवेश

वीरगंजको हरपतगन्जमा जारी गढीमाई प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनलमा टेढा टाइगरले १ सय १९ रनको फराकिलो अन्तरले हरपतगन्ज युथ किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको टेढा टाइगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो। टिमका लोकेश पटेलले ४५ र दिलीप सिंहले २९ रन बनाए।

जवाफी ब्याटिङमा आएको हरपतगन्ज युथ किंग्सले टेढा टाइगर्सका बलरका अगाडि मात्र १६ ओभर ४ बलमा ६६ रनमै सबै विकेट गुमायो। रामप्रवेश मण्डलले तीन र संजीव यादवले दुई विकेट लिए। हरपतगन्जका आरिफ शेखले सर्वाधिक २१ र अभिषेक सिंहले १३ रन बनाए।

टेढा टाइगर्सका अलिराजले चार र अल्ताफ अन्सारीले दुई विकेट लिए। लोकेश पटेललाई ‘म्यान अफ द म्याच’ घोषणा गरिएको छ।

दोस्रो सेमिफाइनल बिहीबार अठराहा टाइगर्स र गढीमाई वारियर्सबीच खेलिनेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित