सर्लाही: आगामी संघीय निर्वाचन नजिकिँदै सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को राजनीतिक माहोल तातेको छ। यस क्षेत्रबाट कांग्रेस महामन्त्री गगन थापा र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुन सक्ने अड्कलबाजीले चर्चा बढाएको छ।
सर्लाही–४ लाई डा. सिंहको बलियो आधार क्षेत्र मानिन्छ। तीन पटक कांग्रेसबाट सांसद बनेका उनले पछिल्लो चुनावमा पार्टी नेतृत्वको समर्थन नपाउँदासमेत स्वतन्त्र रूपमा जित हात पारेका थिए। विकासका काम र भ्रष्टाचारविरुद्धको सक्रिय भूमिकाका कारण उनी स्थानीयस्तरमा लोकप्रिय छन्।
उता, गगन थापा राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। कांग्रेसले उनलाई यही क्षेत्रबाट उम्मेदवार बनाए प्रतिस्पर्धा रोचक हुने आँकलन गरिएको छ। उम्मेदवारी टुंगो नलागे पनि सर्लाही–४ को चुनाव देशव्यापी चासोको विषय बन्दै गएको छ।







Discussion about this post