मतदाताको भरोसा बढ्दै, जयश्वाल पर्साको चुनावी मैदानमा चम्किँदै

आगामी निर्वाचनमा अहिलेसम्म स्पष्ट र बलियो उम्मेदवार नदेखिएको पर्सा क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका बिना जयश्वाल प्रमुख प्रतिस्पर्धीका रूपमा उदाउँदै छन्।

स्थानीय मतदाताबीच जयश्वालप्रति भरोसा र आकर्षण बढ्दो छ। लामो समयदेखि सामाजिक कार्य, जनसम्पर्क र राजनीतिक सक्रियतामा संलग्न जयश्वालले विकास, सुशासन, रोजगारी र स्थानीय समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। यस कारण विभिन्न वर्ग र समुदायका मतदाताहरू उहाँतर्फ आकर्षित हुँदै गएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

अन्य दलका उम्मेदवारहरू अझै स्पष्ट एजेन्डा लिएर मैदानमा नआएकाले जयश्वालको उपस्थितिले चुनावी माहोलमा बलियो प्रभाव पारेको देखिन्छ । स्थानीय जनताले विगतका प्रतिनिधिबाट अपेक्षित काम नपाउँदा निराशा व्यक्त गरिरहेका बेला, नयाँ सोच र प्रतिबद्धता लिएर आएका जयश्वाललाई परिवर्तनको आशाका रूपमा हेर्न थालिएको छ। यसले पर्साको राजनीतिक समीकरणमा नयाँ मोड आउन सक्ने संकेत दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित