जनकपुरधाममा टिपर दुर्घटना, वृद्धको मृत्यु र महिलागम्भीर घाइते

जनकपुरधाममा आज दुई फरक स्थानमा भएको टिपर दुर्घटनामा ७५ वर्षीय वृद्धको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

शुभचोकमा ना८ख ८२५७ नम्बरको टिपरले ज७प २८३७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको घटनामा धनुषा–क्षिलेश्वनाथ नगरपालिका–७ का राजकिशोर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन्। दुर्घटनाको कारण तीव्र गति रहेको बताइएको छ।

त्यस्तै, रामानन्द चोकमा प्रदेश २–००३१ क ०७७५ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–७ की ३० वर्षीया नितु साह गम्भीर घाइते भएकी छन्। उनको उपचार जनकपुरमा सम्भव नभएपछि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरूले दुर्घटनापछि टिपरमा तोडफोड र आगजनी गर्ने प्रयास गरेका थिए। प्रहरीले दुवै घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिई घटनास्थलबाट मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएको छ।

जनकपुरधाम उपमहानगरपालिकाभित्र ठूला सवारीसाधनको अव्यवस्थित सञ्चालनले सर्वसाधारणको सुरक्षा जोखिममा परेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित