नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको अध्यक्षतामा पहिलो केन्द्रीय समिति बैठक बसेको छ ।
बिहीबार ललितपुरमा सम्पन्न बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र तयारी र निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको नेता देवराज चालिसेले जानकारी दिनुभयो ।
बैठकले सभापति थापाकै संयोजकत्वमा ‘घोषणापत्र निर्माण समिति’ गठन गरेको छ भने उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा ‘निर्वाचन परिचालन समिति’ बनाइएको छ । निर्वाचन परिचालन समितिले देशभर पार्टी संगठन सक्रिय बनाउँदै आम नागरिकलाई पार्टीसँग जोड्ने काम गर्ने बताइएको छ ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेका पार्टीका पुराना अभिलेख विस्थापन गरी नयाँ विवरण अद्यावधिक गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै ‘बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस’ निर्माण गर्ने संकल्प व्यक्त गरेको छ । केन्द्रीय समिति बैठक भोलि पनि जारी रहने र थप रणनीतिक विषयमा छलफल हुने जनाइएको छ ।







Discussion about this post