आज माघे सङ्क्रान्ति, देशभर श्रद्धा र उल्लास

आज देशभर माघे सङ्क्रान्ति पर्व परम्परागत श्रद्धा र उत्साहका साथ मनाइँदैछ । सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ लाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यसै दिनदेखि उत्तरायण सुरू भई दिन लम्बिँदै जाने विश्वास छ ।

आजको दिन स्नान, ध्यान र दानलाई पुण्यदायी मानिने भएकाले देवघाट, कालीगण्डकी, त्रिशूली, रिडी लगायतका तीर्थस्थलमा भक्तजनको भीड लागेको छ । तराई क्षेत्रमा यो पर्व ‘नहान’ का रूपमा मनाइन्छ ।

माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिल, तरुल र खिचडी खाने चलन छ, जसले जाडोमा शरीरलाई न्यानो राख्ने विश्वास गरिन्छ । साथै यही अवसरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदैछ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित