आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा मतदाता संख्या बढेको छ। निर्वाचन आयोगका अनुसार हाल जिल्लामा कुल ३ लाख ७६ हजार ५१३ जना मतदाता छन्।
जिल्लामा पुरुष मतदाता २ लाख १२ हजार ७७ जना, महिला १ लाख ६४ हजार ४२१ जना तथा अन्य समूहका १५ जना छन्। अघिल्लो निर्वाचनको तुलनामा मतदाता संख्या वृद्धि भएको आयोगले जनाएको छ।
यसपटक मतदान स्थल अघिल्ला जस्तै रहने भए पनि मतदान केन्द्र २९ वटा थप गरी ४४१ पुर्याअइएको छ। मतदाता परिचयपत्र हराएका मतदाताले नागरिकता, लाइसेन्स वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ।







Discussion about this post