सर्लाहीको मलंगवा नगरपालिका–९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा कौडेना गाउँपालिका–७ सक्रौलका २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय सञ्जय साह रहेका छन्।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एसी २६०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँचका क्रममा उक्त नगदसहित नियन्त्रणमा लिएको हो।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







Discussion about this post