राजसंस्थाको वकालत गर्दै आएका बिभिन्न संघसंस्थाले आज बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती वीरगंजमा पनि मनाएका छन । राष्ट्रवादी संयुक्त मोर्चा , राष्ट्रिय नागरिक संघर्ष समिति , पर्सा र राप्रपा नेपालले वीरगंजमा बाजागाजासहित बडा महाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाएका हुन् ।
यसक्रममा वोल्ने वक्ताहरुले देशलाई राजसंस्था अपरिहार्य भएको उल्लेख गरेका हुन् । देश बचाउँन राजा अतिआवश्यक भएको उनीहरुको धारणा थियो । संघिय लोकतान्त्रिक गणतन्त्र देशले झेल्न नसकेको समेत उनीहरुले बताएका थिए ।
उनीहरुले गणतन्त्र मुर्दावाद , २०७२ सालको संविधान खारेज गर , संघियता खारेज गर लगायतका नारा लगाएका थिए ।







Discussion about this post