राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या आठ पुगेको छ।
पछिल्लो पटक डा. रामजी राम र भ्लगर सिर्जना सिज्जुले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेसँगै यो संख्या बढेको हो।
दुवैले सामाजिक सञ्जालमार्फत बन्द सूचीबाट नाम हटाउने जानकारी दिएका हुन्।
डा. राम पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका क्रममा शिक्षण संस्थासँगको विवादपछि चर्चामा आउनुभएको थियो भने सिर्जना सिज्जु (वली) सोलो ट्राभलमार्फत पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आउनुभएको छ।
यसअघि रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे, पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन प्रस्तोता आशिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र कुलमान टिमका महेन्द्र लावतीले पनि उम्मेदवारी फिर्ता लिइसकेका छन्।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू समेटिएका थिए।







Discussion about this post