वीरगंजमा कर्फ्यु पटक–पटक लम्बिँदै, साँझ ६ बजेसम्म थप

वीरगंजमा जारी तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यु आज साँझ ६ बजेसम्मका लागि थप गरेको छ। हिजो सोमबार साझ ६ बजेदेखि लागू कर्फ्यु आज बिहान ८ बजेसम्मका लागि तोकिएको थियो।

तर अवस्था पूर्ण रूपमा सामान्य नदेखिएपछि प्रशासनले पहिलो चरणमा कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्बाएको थियो। त्यसपछि पुनः परिस्थितिको मूल्याङ्कन गर्दै कर्फ्युको समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको हो।

धार्मिक द्वन्दबाट उत्पन्न अवस्थाको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक जारी छ।

बैठकमा हिन्दु तथा मुस्लिम समुदायका अगुवा, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरू सहभागी छन्।

कर्फ्युको प्रभावका कारण वीरगंज शहर सुनसान देखिएको छ। मुख्य सडक, बजार र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून छ भने अधिकांश पसल तथा व्यवसायिक प्रतिष्ठान बन्द छन्।

प्रशासनले नागरिकहरूलाई संयमता अपनाउन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित