वीरगञ्जको तनावबारे पर्सा प्रशासनमा सर्वपक्षीय बैठक जारी

वीरगञ्जमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक बसिरहेको छ।

बैठकमा शान्ति–सुरक्षा अवस्था, कर्फ्युको प्रभावकारिता र आगामी रणनीतिबारे छलफल केन्द्रित गरिएको छ।

जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला पक्षको सहभागितामा भइरहेको छलफलमा हालको अवस्थाको समग्र मूल्याङ्कन गरिँदैछ। प्रशासनले स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याउन आवश्यक उपायहरूबारे सुझाव संकलन गरिरहेको जनाएको छ।

बैठकको निष्कर्षअनुसार कर्फ्युको अवधि, सुरक्षा व्यवस्थामा हुने परिवर्तन तथा अन्य निर्णयहरूबारे औपचारिक सूचना जारी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसबीच सर्वसाधारणलाई शान्ति र सद्भाव कायम गर्न सहयोग गर्न आग्रह गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित