धार्मिक सद्भाव बिगार्ने सामग्री पोस्ट नगर्न जिल्ला प्रशासन कार्यालय पर्साको अपिल

जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने गतिविधि नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत कुनै पनि धर्म, जात वा समुदायविरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने तथा आपत्तिजनक सामग्री प्रकाशन र सेयर गर्न नहुने उल्लेख गरिएको छ।

प्रशासनका अनुसार यस्ता गतिविधि मुलुकी अपराध संहिता २०७४ तथा विद्युतीय कारोबार ऐन २०६३ अनुसार दण्डनीय छन्। धार्मिक भावना भड्काउने वा सार्वजनिक शान्ति खल्बल्याउने कार्यमा संलग्नलाई कैद र जरिवानासहित कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न र असत्य तथा उत्तेजक सूचना प्रसारण नगर्न प्रशासनले आग्रह गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित