प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको समयभित्र आफ्नो नाम फिर्ता लिन सक्ने र त्यस अवस्थामा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ र १४ गते ६४ राजनीतिक दलबाट प्राप्त उम्मेदवारी अहिले रुजु भइरहेको छ । प्रवक्ता नारायणप्रसाद भट्टराईले कानुनअनुसार समावेशी समूह मिलेको–नमिलेको जाँच गरी पुस २० गतेभित्र दललाई जानकारी गराइने र सच्याइएको सूची पुस २७ गतेसम्म पुनः पेस गर्नुपर्ने जानकारी दिए ।
संशोधित सूचीमा परेका उम्मेदवारले पुस २८ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन् । फिर्ता भएका उम्मेदवारको जानकारी आयोगले दललाई दिइसकेपछि दलले नयाँ उम्मेदवार पठाउन पाउनेछ। समानुपातिक बन्दसूची माघ ४ गते सार्वजनिक गरिने र दाबी–विरोधपछि छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। त्यसपछि सूची परिवर्तन नहुने स्पष्ट गरिएको छ।







Discussion about this post