पर्सामा अवैध काठका फर्निचरसहित एकजना पक्राउ

वीरगंज महानगरपालिका–२७ दरदर्वामा प्रहरीले अवैध काठको फर्निचर सहित एक जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले गस्तीका क्रममा पर्सागढी नगरपालिका–४ बस्ने ४८ वर्षीय उपेन्द्रप्रसाद कुर्मीले चलाएको ना२च २८३५ नम्बरको पिकअप गाडीमा सालको काठबाट बनाइएका अवैध फर्निचर फेला पारेको हो।

पक्राउ परेका गाडीमा सालको चौकस दुई थान, सालको झ्याल दुई थान, अधुरो बक्स प्लाई सेट तीन थान, अधुरो कुर्सी चार थान र डाइनिङ टेबल एक थान रहेको प्रहरीले जनाएको छ।

कुर्मीलाई फर्निचर र गाडीसहित डिभिजन वन कार्यालय पर्साको जिम्मा लगाइएको छ भने थप कारबाहीको प्रक्रिया अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित