पत्रकार दास समानुपातिक उम्मेदवार

नेपाली कांग्रेसले डेढ दशकदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बारा शाखाकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधिसभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ ।

लोकतन्त्र, प्रेस स्वतन्त्रता, सुशासन र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी दासको पत्रकारिता अनुभव, सामाजिक सक्रियता र पार्टीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै कांग्रेसले उनलाई संघीय समानुपातिक सूचीमा समेटेको पार्टी स्रोतले जनाएको छ ।

दास ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) मधेस प्रदेशकी पूर्व कोषाध्यक्ष तथा हाल केन्द्रीय सदस्य हुन्। उनी विगत १३ वर्षदेखि बारा जिल्लाको चर्चित रेडियो विश्वास एफएमको स्थापना गरी निरन्तर प्रशारण गर्दै आएकी छिन् भने हाल सो रेडियोकी अध्यक्षसमेत हुन् ।

महिला, युवा र मधेसी समुदायको प्रतिनिधित्व सुदृढ गर्ने कांग्रेसको निर्णयलाई सकारात्मक रूपमा लिइएको छ । महिला सञ्जाल बारा अध्यक्ष बबिता जयस्वालले दासको नाम सिफारिस भएकोमा खुशी व्यक्त गर्दै उनी महिलामाझ लोकप्रिय र सामाजिक रूपमा सक्रिय रहेको बताइन्।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरवले योग्य र कर्मठ सञ्चारकर्मीलाई अवसर दिनुले कांग्रेसप्रति युवा र पत्रकार समुदायको भरोसा बढेको उल्लेख गरे । महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पनि पत्रकारिताबाट आर्जित अनुभवलाई दासले संसदमा जनताको आवाज बुलन्द गर्न प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुबेदीले यो कार्यसमितिका लागि गर्वको विषय भएको बताउँदै उपाध्यक्ष दासको सफल राजनीतिक भविष्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित