श्रीराम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा वीरगञ्जस्थित माइस्थान मन्दिर परिसरमा व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक प्रहरी मिनीबजार, सशस्त्र प्रहरी बल नेपाल, वीरगञ्ज महानगरपालिकाका कर्मचारी तथा सनातन धर्मावलम्बीहरूको सक्रिय सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको हो।
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिर क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले गरिएको अभियानमा विभिन्न निकाय र स्वयंसेवकहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ ।
आयोजक पक्षले धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोडेर गरिएको यस कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको छ।







Discussion about this post