भारत विश्वको चौथो ठूलो अर्थतन्त्र, जर्मनी उछिन्ने प्रक्षेपण

नेपालको छिमेकी देश भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रक्षेपणअनुसार भारतले अबको केही वर्षभित्र जर्मनीलाई समेत उछिन्ने सम्भावना छ, यद्यपि आधिकारिक स्थिति सन् २०२६ को जीडीपी तथ्याङ्क सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ।

आइएमएफका अनुसार भारत सन् २०२२ मै बेलायतलाई उछिन्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो। हाल ४१ खर्ब ८० अर्ब डलरको कूल गार्हस्थ्य उत्पादनसहित भारत जापानलाई पार गर्दै चौथो स्थानमा पुगेको जनाइएको छ।

सन् २०३० सम्ममा भारतको जीडीपी ७३ खर्ब डलर पुग्ने अनुमान गरिएको छ। युवा जनशक्तिको ठूलो हिस्सा रहेको भारतका लागि गुणस्तरीय रोजगारी सिर्जना मुख्य चुनौतीका रूपमा रहेको छ। यसबीच सरकारले कर कटौती र श्रम सुधारमार्फत आर्थिक वृद्धिलाई गति दिने प्रयास गरिरहेको जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित