बढ्दो शीतलहर र प्रतिकूल मौसमका कारण वीरगञ्ज महानगरपालिकाले विद्यालयमा दोस्रो पटक बिदा थप गरेको छ। यसअघि पुस ७ देखि १४ गतेसम्म विद्यालय बन्द गरिएकोमा मौसममा सुधार नआएपछि पुस १६ देखि १८ गतेसम्म थप तीन दिन बिदा दिइएको हो।
महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा सामुदायिक र संस्थागत सबै विद्यालय बन्द रहनेछन्।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस १९ गते शनिबार परेकाले पुस २० गते आइतबारदेखि मात्रै विद्यालय नियमित सञ्चालन हुने छ।
तराई क्षेत्रमा घना कुहिरो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढेकाले बिदा दिनुपरेको महानगरपालिकाले जनाएको छ। बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको हो।







Discussion about this post