राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा पर्सा जिल्लाबाट एक जनामात्र समेटिएका छन्। रास्वपाले ११० जनाको बन्दसूची पेस गर्दा पर्साबाट डा. नन्दन यादवको मात्रै नाम परेको हो।
पेशाले शिक्षक रहेका यादव रास्वपाका केन्द्रीय सदस्यसमेत हुन्। पर्साबाट समानुपातिक उम्मेदवारका लागि कुल पाँच जनाले आवेदन दिएकोमा मधेसी क्लस्टरतर्फ पहिलो नम्बरमा यादवको नाम बन्दसूचीमा समावेश भएको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए।
पर्साबाट यादवसँगै खस आर्य क्लस्टरमा देवकुमारी कँडेल (सबु कँडेल) र पुरुषोत्तमदेव यादव, दलित क्लस्टरमा कृष्ण पासवान तथा मुस्लिम महिला क्लस्टरमा मोरियम खातुनले आवेदन दिएका थिए।







Discussion about this post