पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा रहेको ऐतिहासिक श्री पारसनाथ महादेव मन्दिर (महुवन मठ) को अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायले कडा कदम चालेका छन्।
गुठी संस्थान र गाउँपालिकाले संयुक्त रूपमा मठको नाममा दर्ता कित्ता नम्बर २७६ को ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।
गुठी संस्थान शाखा कार्यालय वीरगञ्जकी प्रमुख उर्मिला आचार्यले पत्र जारी गरेपछि गाउँपालिका अध्यक्ष जसवन्त यादवले सार्वजनिक सूचना निकाल्दै अटेर गरे बल प्रयोग गरी संरचना हटाइने र खर्च अतिक्रमणकारीबाटै असुल गरिने चेतावनी दिनुभएको छ।
लामो समयदेखि राजनीतिक दबाबका कारण अल्झिएको विवादमा औपचारिक निर्णय आएपछि मठको सम्पत्ति जोगिने आशा बढेको स्थानीयले बताएका छन्। तोकिएको समयमा संरचना नहटाए सुरक्षा निकायको सहयोगमा डोजर प्रयोग गर्ने तयारी गाउँपालिकाले गरेको छ।







Discussion about this post