राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच अन्ततः सहमति भएको छ ।
सहमतिअनुसार कुलमान घिसिङलाई पार्टीको उपसभापति बनाउने तयारी भएको स्रोतले जनाएको छ । दुवै पक्षबीच सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ ।
सहमतिको एक अंशका रूपमा समानुपातिकतर्फ घिसिङको समूहबाट १८ जनालाई समेट्ने समझदारी पनि बनेको छ । यसअघि नै पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने विषयमा सहमति भइसकेको थियो ।
उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आएका घिसिङसँग नेतृत्व तहमा पटक–पटक छलफल भएको थियो । सोमबार काठमाडौंमा भएको पछिल्लो वार्तापछि दुवै पक्षबीच मतभेद समाधान हुँदै सहमति जुटेको स्रोतको भनाइ छ ।







Discussion about this post