मोरङ प्रहरीले आइतबार राति केराबारी–५ लाफा टोलमा हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको ४८० किलो गाँजा नियन्त्रणमा लिएको छ। घटनामा धनकुटाका निश्चल राई (३५) र साँगुरीगढीका खगेन्द्र लिम्बू (२०) पक्राउ परेका छन्।
प्रहरीका अनुसार, प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोक्न खोज्दा चालक र सहयात्री फरार हुन खोजेपछि चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरिएको थियो।
यसअघि शनिबार पनि जहदा–२ तारिगामाबाट ३३० किलो गाँजासहित भारतीय नागरिक अबुल हसन (२४) र सोहेल खान (३०) पक्राउ परेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले लगातार अभियानमा गाँजा ओसारपसार नियन्त्रणमा रहेको जानकारी दिएका छन्।







Discussion about this post