जसपा नेपाल र लोसपा एकीकरण गर्ने निर्णय

मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण गर्ने निर्णय भएको छ। दुवै पार्टीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौंमा बसेको जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको संयुक्त बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै एकीकरण गर्ने निर्णय गरेको हो।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायका मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माणका लागि एकता आवश्यक रहेको उल्लेख छ।

यसअघि २०७७ वैशाख १० मा सपा र राजपा एकीकरण भएर जसपा बनेको थियो भने २०७८ भदौमा विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित