रास्वपा–बालेन टिमबीचको निर्णायक वार्ता अनिश्चित, ५०–५० पावर सेयरिङमा अड्कियो सहमति

शनिबार निर्णायक वार्ता हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको छलफल अनिश्चित बनेको छ। शुक्रबार रातिसम्म चलेको दुई पक्षीय वार्तामा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव अघि सारेपछि सहमति जुट्न नसकेको हो।

श्रोतका अनुसार वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेलाई अगाडि बढाउने र भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति भएको थियो। तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी छनोटमा आधा–आधा हिस्सा दाबी भएपछि सहमति भंग भएको बताइएको छ।

शुक्रबार सहमति हुन नसकेपछि बालेन शाहले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरी पुनः वार्तामा बस्ने भनिए पनि हालसम्म कुनै ठोस प्रगति नभएको रास्वपा पक्षको भनाइ छ। शनिबार बिहान मात्र कुलमान र बालेन समूहबीच छलफल भएको भए पनि त्यसबाट पनि ठोस प्रस्ताव बाहिर नआएको जनाइएको छ।

रास्वपा पक्षले आज बालेनसँग बस्ने भनिए पनि छलफलको टुंगो नलागेको स्पष्ट पारेको छ। श्रोतका अनुसार रवि लामिछाने र बालेन शाहबीच तत्काल भेटघाट हुने सम्भावना छैन। समानुपातिक बन्द सूची बुझाउने म्याद १४ गतेसम्म रहेकाले वार्तामा हतारिनुपर्ने अवस्था नरहेको रास्वपाको बुझाइ छ।

बालेन समूह भने कुलमान घिसिङको प्रतीक्षामा रहेको र वार्तामा रेशम चौधरी र सीके राउतलाई समेत समेट्नुपर्ने प्रस्ताव अघि सारेको छ।

मंगलबार रातिदेखि रास्वपाका राजनीतिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहका कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतबीच निरन्तर छलफल भए पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किन सकेको छैन।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित