रौतहटको एक मदिरा भट्टीमा विष्फोट , एकको मृत्यु , छ घाइते

रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

कटहरिया नगरपालिका–९ स्थित ज्योती डिस्टिलरी उद्योगमा आज बिहान अचानक बोइलर विष्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली, प्रेमजित राय र जगदिश राय घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको जनाइएको छ।

बिहान ठूलो आवाजसहित बोइलर विष्फोट भएपछि उद्योग परिसरमा अफरातफरी मच्चिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित