नारायणहिटी दरबार सङ्ग्रहालय स्थापना भएयता हालसम्म ४७ लाख ७७ हजार सात सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्। सङ्ग्रहालय प्रशासनका अनुसार स्थापना कालदेखि गएको मङ्सिर मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकले नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकन गरेका हुन्।
शाहवंशीय राजतन्त्रको अन्त्यपछि २०६५ साल असार १ गते नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले असार १ गते उद्घाटन गरे पनि फागुन १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
सरकारले सङ्ग्रहालय प्रवेश शुल्कका रूपमा विद्यार्थीलाई ५० रुपैयाँ, नेपाली नागरिकलाई २०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकलाई ५०० रुपैयाँ र अन्य विदेशी नागरिकलाई १ हजार रुपैयाँ तोकेको छ। सङ्ग्रहालय हप्ताको मङ्गलबार र बुधबार बन्द रहने गर्दछ भने शनिबारसहित अन्य सार्वजनिक बिदाका दिनमा खुला रहने व्यवस्था छ।







Discussion about this post