सभापति लामिछाने र मेयर शाहबीच निजी भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच निजी भेटवार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा दुवैबीच वान–टु–वान छलफल चलिरहेको बताइएको छ।

यसअघि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्कीलगायत नेताहरूको सहभागितामा सामूहिक छलफल भएको थियो। त्यसपछि लामिछाने र शाहबीच छुट्टै संवाद सुरु गरिएको हो।

आगामी निर्वाचनलाई ध्यानमा राख्दै नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य र सम्भावित तालमेलबारे छलफल केन्द्रित रहेको जनाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित