तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कम्तीमा तीन दिनसम्म हुस्सु–कुहिरो रहने सम्भावना छ, जसले जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा असर पार्न सक्छ।
मौसमविद् हरिप्रसाद दाहालले पछिल्ला दिनहरूमा तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो बाक्लिँदै गएको उल्लेख गर्दै न्यानो भएर बस्न र तातो झोलिला खानेकुरा सेवन गर्न सुझाव दिएका छन्। आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि तराईमा हुस्सु–कुहिरो कायमै रहनेछ भने पहाडी र हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान छ।
विभागले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।







Discussion about this post