जनता हेडलाईनका पत्रकार प्रफुल मिश्रामाथि दुर्व्यवहार भएको छ । बारास्थित मुसहर्वा नाकामा तस्करीको रिपोर्टिंग गण गएका पत्रकार मिश्रामाथि दुर्व्यवहार भएको हो । तस्कर समूहबाटै उनीमाथि दुर्व्यवहार भएको हो । पत्रकार मिश्राका अनुसार रिपोर्टिंगका क्रममा एकजना तस्करले जाइलागेको र आफ्नो पोल खुल्ने डरले उल्टै बिभिन्न आरोप लगाउन थालेका थिए ।
दुर्व्यवहारमा परेका पत्रकार मिश्राले दोषीमाथि कारवाहीको माग गरेका छन ।







Discussion about this post