रवि लामिछाने–बालेन शाहबीच सहकार्यको सम्भावनाबारे लामो संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच काठमाडौँमा भेटवार्ता भएको छ। कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको भेट करिब ६ घण्टा चलेको थियो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र सम्भावित चुनावी तालमेलका विषयमा गहन छलफल भएको बताइएको छ। भेटपछि असिम शाहले सामाजिक सञ्जालमार्फत सकारात्मक संकेत दिँदै ‘नयाँ अध्यायको शुरुआत’ भएको उल्लेख गर्नुभएको छ ।

थुनामुक्त भएपछि सक्रिय राजनीतिमा फर्किएका सभापति लामिछानेले पछिल्ला दिनमा राजनीतिक भेटघाटलाई तीव्र बनाउँदै आउनुभएको छ। रास्वपाका नेताहरूले लामिछाने–बालेन संवादका निष्कर्षबारे औपचारिक जानकारी चाँडै सार्वजनिक गरिने जनाएका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित