मधेश प्रदेशसभाका नवनियुक्त सभामुख रामअशिष यादवले आज प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई प्रोत्साहन दिने बताए ।
उनले प्रदेशसभामा समावेशिता, सुशासन, शिक्षा–स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई प्राथमिकताका साथ उठाउने जानकारी दिए ।
साथै कार्यपालिकामाथि प्रभावकारी निगरानी, बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तर सुधार गर्न संसद्मा सशक्त भूमिका आवश्यक रहेको बताए ।
सभामुख यादवले संविधान, कानुन र संसदीय नियमावलीको पूर्ण पालना गर्दै प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।







Discussion about this post