बिरगंज ! राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पौष २८ गते हुने वीरगन्ज महानगपालिका अधिवेशनको लागी विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ ।
शनिबार हुने अधिवेशनका लागी महानगर अध्यक्ष पदमा युवा नेता महादेव कुर्मीले उम्मेदवारी दर्ता गराएका छन । शुक्रबार नेता कुर्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
उम्मेदवारी दर्तापछि उनले आज औपचारिक रूपमा रास्वपा वीरगन्ज महानगरपालिको तदर्थ समितीको सभापतिको लागि उम्मेद्बारी दिएको यस एस.टि.पि खबर लाइ जानकारी गराएका छन !
साथै आफ्नो वीरगन्जको लागि सवच्छ राजनीतिक र आफ्नो संगठन मजबुत बनाउनको मैले उम्मेदवारी दिएको उल्लेख गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अधिवेशनको उदघाटन गर्ने तयारी छ ।
कुर्मीले पार्टीका सबै कार्यकर्ता तथा सदस्यहरुले सहयोग गरेर मेरो प्यानललाई विजय बनाउनको लागि आग्रह पनि गरेका छन







Discussion about this post