बिरगंज । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले नागरिकता किर्ते गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । अरूकै छोरीलाई आफु बाबु बनेर नागरिकता बनाइदिएको खुलासा मंगलबार सिधाकुराले गरेको थियो । नागरिकता किर्ते बिरुद्ध मंगलबार नै मेयर बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दर्ता भइसकेको छ ।
मेयरलाई कारबाही माग गर्दै प्ले कार्ड सहित नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमार्फत गृह मन्त्रालयलाई विज्ञप्ति बुझाउने कार्यक्रम तय भएको सचेत नागरिक समाज वीरगंजले जनाएको छ । मेयर बिरुद्ध पर्साका सबै राजनीतिक दलले बिरोध प्रर्दशनको तयारी गरेको नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अनिल सिंहले सिधाकुरालाई बताए । ‘नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नेता कार्यकर्ताका साथै स्थानीय वासिन्दाको सहभागीतामा विरोध प्रदर्शन गर्ने तय भएको छ,’ सिंहले भने
जनप्रतिनिधि जस्तो व्यक्तिले देशका राष्ट्रिय शर्वभैमिकता माथि खलल पुग्ने काम गरेको भन्दै कडा कार्वाहीको माग गर्दै विरोध प्रदर्शन गरिने जसपाका स्थानीय नेता एवम् वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष मनोज राउतले बताए । बुधबार दिउसाे १ बजेबाट मेयर बिरुद्ध बिरोध प्रर्दशको तयारी भएको नेताहर







Discussion about this post