जमजम इलेक्ट्रोनिक्स को नाममा ठगी धन्दा झण्डै ५० लाखसहित २ जना पक्राउ ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा पर्सा जिल्लाका राजकुमार पण्डित र रौतहट जिल्लाका उमेश कुमार यादव रहेका छन् पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसनधान गरिरहेको छ । उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।







Discussion about this post