बिरगंज–२ छपकैया: जेन जि वार्ड कमिटी गठन


Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.


बिरगंज महानगरपालिका वडा नं. २ छपकैयामा २५ सदस्यीय जेन जि वार्ड कमिटी गठन गरिएको छ। आज मिति २०८३ वैशाख २३ गते फलफूल तथा तरकारी बजार परिसरमा आयोजित कार्यक्रममा शेख जाहागिरको अध्यक्षतामा कमिटी गठन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जेन जि बिरगंज–२ का इन्चार्ज शेख जाहागिरले जेन जि को मूल मर्म र सिद्धान्तअनुसार सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्दै युवाहरूलाई एकताबद्ध गरी समाज विकासमा सक्रिय भूमिका निर्वाह गर्ने बताए।
उक्त कार्यक्रममा जेन जि पर्साका संयोजक महादेव प्रसाद कुर्मी, मुख्य सल्लाहकार बिरेन्द्र कन्थ, शेख जमसेद लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो।
नवनिर्मित कमिटीले आगामी दिनमा सामाजिक सुधार, पारदर्शिता र युवा सशक्तिकरणका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने लक्ष्य लिएको जनाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित