सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा व्यवसायी शंकर अग्रवाल लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो ले उनलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार सोही प्रकरणमा यसअघि पक्राउ परेका व्यापारी दीपक भट्ट सँग व्यावसायिक साझेदारी रहेको आधारमा अग्रवालमाथि पनि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानकै क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शंकर ग्रुप का सञ्चालक रहेका अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। शंकर ग्रुपले स्टिल, सिमेन्ट, जलविद्युत, उपभोक्ता वस्तु तथा व्यापारलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ।







Discussion about this post