पोखरिया मालपोतबाट तीन जना बिचौलिया पक्राउ

पोखरिया स्थित मालपोत कार्यालयबाट प्रहरीले तीन जना बिचौलियालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पोखरिया बाट शुक्रबार खटिएको प्रहरी टोलीले कार्यालयभित्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कार्यालयमा अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राहीलाई हैरान पार्ने तथा कर्मचारीलाई समेत दुःख दिने गुनासो आएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूले आफू लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित