अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले धनुषाको लालगढबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर वकिल अधिकारीलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।
बर्दिबास स्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार उनलाई ४० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
कमला–ढल्केबर–बागमती सडक खण्डमा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै घुस माग्ने गरेको उजुरीका आधारमा अख्तियारले कारबाही गरेको जनाएको छ।
पक्राउ परेका इन्स्पेक्टर अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।







Discussion about this post