सङ्घीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भोली शुक्रबार वीरगञ्ज भ्रमण गर्न आउने भएका छन्। मन्त्री वाग्ले बिहान जहाजमार्फत सिमरा विमानस्थल आइपुगेपछि विभिन्न स्थलको अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ।
भ्रमणको मुख्य उद्देश्य वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत आइसीपी र सिर्सिया सुख्खा बन्दरगाहको निरीक्षण गर्नु हो। यस क्रममा क्षेत्रको व्यापारिक अवस्था, राजस्व सङ्कलन स्थिति र सेवा प्रवाहमा देखिएका समस्या बुझ्ने योजना छ।
भ्रमणको अवसरमा मन्त्री वाग्ले भन्सार कार्यालयका कर्मचारी, स्थानीय उद्योगी र व्यवसायीसँग भेटघाट गरी राय सुझाव लिने कार्यक्रममा पनि सहभागी हुनेछन्। अर्थ मन्त्रालयले यस भ्रमणलाई व्यापारिक वातावरण सुधार र राजस्व सङ्कलनमा पारदर्शिता बढाउने महत्वपूर्ण कदमको रूपमा लिएको जनाएको छ।







Discussion about this post