संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुदै

प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्नेछ।

संविधानबमोजिम राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति व्यवस्थापनको तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने राष्ट्रियसभा कक्षमै बस्नेछ।

आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ। साथै, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाइनेछ। प्रतिनिधिसभाको नियमावली नबन्दासम्म हालकै नियमावली अनुसार बैठक सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

यसअघि बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचन आउँदो आइतबार गर्ने निर्णय गरेको छ। संविधानअनुसार पहिलो अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सभामुख र उपसभामुखमध्ये एक महिला र दुवै फरक–फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित